२१ साउन- उदयपुर, बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्राम सहित सोही नगरपालिका-३ मोरङ्गे टोल बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुर ठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश.१-०५-००१ प ९४७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० शिविरडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय अब्राहम राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-१० पशुपतिनगर बस्ने २६ वर्षीय युकेश राईसँग खरिद गरेको खुल्न आएपश्चात उनको घर तलासी गर्दा थप ट्रामाडोल ४० ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्