दिनेश श्रेष्ठको स्वरमा “ए परदेशी २” चर्चामा

असोज २३-लोकप्रिय युवा गायक दिनेश श्रेष्ठको स्वरमा “ए परदेशी भाग २” सार्वजनिक भएको छ ।

दिनेश श्रेष्ठ र सरिता थापामगरको स्वर रहेको गीतमा गायक दिनेश श्रेष्ठको लय तथा शव्द सिर्जना रहेको छ ।सार्वजनिक भएसँगसँगै गीत चर्चा परिचर्चाको क्रममा छ ।

दिनेश श्रेष्ठ नामक युट्यूव च्यानल मार्फत सार्वजनिक भएको गीतलाई यो समाचार तयार वनाउँदा समेत ७५ हजार भन्दा वढि पटक हेरिएको छ । यसअघि सार्वजनिक भएको “ए परदेशी” को पहिलो भागलाई युट्यूवमा ६ लाख ७० हजार भन्दा वढि पटक हेरिएको छ । नारायण दङ्गालको एरेन्जमा रहेको गीतको भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन । गीतको भिडियोमा अनु शाह, अरुण सापकोटा,जयराम सापकोटा र अञ्जु पण्डितको जोडदार अभिनय रहेको छ । बिरेन्द्र भट्टले छायाङ्कन गरेको भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन ।

जिन्दगीमा पीर,चिन्ता,शङ्का भन्दा पनी हाँसौं वोलौं के फरक पर्छ र भनेर माया पीरतीकै विषयवस्तु रहेको र त्यहि अनुसार भिडियो पनी निर्माण भएको गायक दिनेश श्रेष्ठले जानकारी दिएका छन । गायक श्रेष्ठको यो भन्दा पहिले आएका गीतहरु लाइदिम मयाँ,ओल्ले ओल्ले,दिलरानी,सुपरगाडि,बरै,उलुलु,सुन न मोया लगायतका गीतहरु लोकप्रिय भैसकेका छन ।

 

प्रतिक्रिया दिनुहोस्