अन्तर्वार्ता समाज

सुख्खा पहिरोमा परेर एक वृद्धाको मृत्यु

सुख्खा पहिरोमा परेर एक वृद्धाको मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

१५ भदौ – रूकुम पश्चिम, बाख्रा चराउन गएकी एक वृद्धाको सुख्खा पहिरोमा परेर ज्यान गएको छ।

 

सुख्खा पहिरोले पुर्दा मुसीकोट नगरपालिका वडा नम्बर १ तलिगाउँकी ६९ वर्षीया हिमकुमारी मल्लको मृत्यु भएको हो।
उनि बाख्रा चराउन गएको बेला माथिबाट झरेको सुख्खा पहिरोमा परी मृत्यु भएको हो। आइतबार दिउँसो साढे १२ बजेतिर मल्ललाई पहिरोले पुरेको र केही बेरअघि मात्रै शव निकालिएको प्रहरीले जानकारी दिएको छ। पहिरोमा परी एउटा बाख्रा र एउटा भेडा पनि मरेका छन्।

शव पोष्टमर्टमका लागि अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…