७ साउन- वीरगञ्ज, गत आर्थिक वर्षमा २०८० र ८१ मा रु एक खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ वीरगञ्ज नाका हुँदै आयात भएको छ ।
उक्त आर्थिक वर्षमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल ९एटिएफ० र मट्टितेल आयात भएको हो । गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात रु एक अर्ब ९४ करोडले घटेको हो ।
पेट्रोलियम पदार्थको आयात घटेपनि राजस्व भने १० दशमलव २३ प्रतिशत अर्थात् रु सात अर्ब ५१ करोडले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्