फिफा महिला विश्वकप फुटबलको पुरस्कार रकम घोषणा

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबलको पुरस्कार रकम घोषणा भएको छ ।

 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको पुरस्कार रकम घोषणा गरेको हो । फिफाले घोषणा गरेको पुरस्कार रकम अनुसार विश्वकप खेल्ने हरेक खेलाडीले कम्तिमा ३० हजार अमेरिकी डलर पाउने छन् । त्यस्तै विजेता टिमका खेलाडीले जनही २ लाख ७० हजार अमेरिकी डलर पुरस्कार पाउने छन् । फिफाले विश्वकप खेल्ने ७ सय ३२ खेलाडी नै पुरस्कार पाउने जनाएको छ । फिफाले महिला विश्वकपको पुरस्कारका लागि १ सय १० मिलियन अमेरिकी डलर छुट्टाएको छ । विश्वकपको विजेताले ४२ लाख ९० हजार अमेरिकी डलर पाउने छन् ।

 

दोस्रोले ३० लाख १५ हजार डलर, तेस्रोले २६ लाख १० हजार डलर र चौंथोले २४ लाख ५५ हजार डलर पाउने छन् । यस्तै समूह चरणका टोलीले १५ लाख ६० हजार डलर पाउने छन् । अन्तिम १६ मा पुग्ने टोलीले १८ लाख ७० डलर र क्वाटरफाइनलमा पुग्ने टोलीले २१ लाख ८० हजार डलर पाउने भएका छन । महिला विश्वकप आगामी जुलाई २० देखि अगस्ट २० सम्म हुने तालिका छ ।।

 

प्रतिक्रिया दिनुहोस्