बैतडीमा करेन्ट लागेर एक किशोर घाइते

भदौ १-बैतडीः  बैतडीमा करेन्ट लागेर एक किशोर घाइते भएका छन्।

जिल्लाको सुर्नया गाउँपालिका–८ मल्लोढोलेका १६ वर्षीय किशोर चन्द्रसिंह बोहरा करेन्ट लागेर घाइते भएका हुन्। बोहरालाई सोहि ठाउँकै आलुगैरा भन्ने स्थानमा थ्रीफेस विद्युत लाइनको लत्रिएको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ। उनलाई गोठाला गएका बेला करेन्ट लागेको  बताइएको छ।

करेन्ट  लागेरे बोहराको  हात, खुट्टा लगायत  शरिरका विभिन्न भाग जलेको छ।   करेन्ट लागेर घाइते भएका बोहराको स्थानीय जनप्रिय आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि डडेल्धुरा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्