कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा असोज ६ र ७ गतेका लागि तोकियो

श्रावन-३१  ,   कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा असोज ६ र ७ गतेका लागि तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ । पहिलो दिन असोज ६ गते अनिवार्य अँग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ । दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्