लागुऔषध र नगदसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागुऔषध र नगदसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपलिका-१८ सालघारीबाट लागूऔषध र नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । करिब दुई ग्राम ९१ मिलिग्राम लागुऔषध र नगद ३२ हजार ६ सय ३५ रूपैयाँ र तीन थान मोबाइलसहित दुई जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका-१८ का २७ वर्षीय कमलेश गिरी र २३ वर्षीय पंकज चन्द पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषध, मोबाइल र नगदसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्