अन्तर्राष्ट्रिय खेलकूद समाज

नेपाल पाकिस्तानसंग ९ विकेट पराजित

नेपाल पाकिस्तानसंग ९ विकेट पराजित
Nepal team players during the ACC Women's T20 Asia Cup 2024 match between UAE and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 19, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

६ श्रावन-  काठमाडौं, एसिसि महिला एसिया कप २०२४ मा नेपाललाई पाकिस्तानले ९ विकेटले हराएको छ

नेपालले २० ओभरमा १०८ रन बनाएको थियो भने पाकिस्तानलाई १०९ रनको टारगेट दिएको थियो, १०९ रनको टारगेटमा पाकिस्तानले ११० रन बनाएको थियो

नेपालले २० ओभरमा ६ विकेट गुमाएको थियो भने पाकिस्तानले १ विकेट गुमाएको थियो

नेपालका लागि सिता राना मगरले सर्वाधिक २६ रन बनाइन । ३० बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । त्यस्तै पुजा महत्तो र कविता जोशीले अन्तिममा महत्वपूर्ण साझेदारी गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको हो ।

२३ बलको सामना गरेकी जोशीले नटआउट ३१ रनको योगदान दिइन् । यता ३२ बलको सामना गरेकी महत्तोले तीन चौकाको मदतमा २५ रन बनाइन् । उनी २० औं ओभरमा रन आउट भएकी थिइन् ।

कविता कुँवर १३, सम्झना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दू बर्माले रनको खाता नै खोल्न सकिन्न् । त्यस्तै रुबिना क्षेत्री ८ बनाएर रन आउट भइन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…