२३ पुष- काठमाडौं, बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ ।

आज नेप्से परिसूचक १३.३५ अंक घट्दै २६३५.९४ विन्दुमा झरेको छ । साथै, सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले ओरालो लागेको छ ।
अघिल्लो दिन ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमार्फत ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्