२४ माघ- काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिको तथ्यांकमा नभएर मिथ्यांक र आत्मरतिमा रमाइरहेको प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको बिहीबार बसेको दोस्रो बैठक बताएका छन ।
प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको बिहीबार बसेको दोस्रो बैठक सम्बोधन गर्दै प्रचण्डले आत्मरतिमा आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरे ।
पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–पाल्पा सडकखण्डमा भएका दुर्घटनाबारे सदनमा दिएको अभिव्यक्तिबारे पनि अध्यक्ष प्रचण्डले खण्डन गरे ।
नारायणघाट–बुटवल सडकखण्डको पनि प्रगति ५३.३ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफैँ आफ्नो पिठ्युँ थपथप्याएर, आफैँले आफूलाई प्रमाणपत्र दिएर, आफैँले आफूलाई सफल घोषणा गरेर संसद् र जनता झुक्क्याउने दिन अब नरहेको बताए ।
प्रचण्डले भने, ‘बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल सुरु गरौँ, हामी सहभागी हुन्छौँ । संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।
प्रतिक्रिया दिनुहोस्