उत्तर कोरियाबाट अमेरिकी सैनिक पक्राउ

दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक उत्तर कोरियामा पक्राउ परेका छन् ।

 

दुई देशबिचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई उत्तर कोरियाको सुरक्षाकर्मीले हिरासतमा लिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनैपनि हालतमा उत्तर कोरियाको भ्रमण नगर्न सुझाव दिईरहेको अवस्थामा ति संनिक आफ्नै मर्जीले उत्तर कोरिया छिरेको बताइएको छ । ति सैनिकमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे उत्तर कोरियाले केही प्रतक्रिया जनाएको छैन । केही महिना यता बढ्दै गएको तनाव र सैनिक गिरफ्तारीको ताजा घटनाले दुई देशबीचको सम्बन्ध संकटपूर्ण अवस्थामा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

 

सन् १९९६ यता यस्ता धेरै पर्यटक, विद्वान र पत्रकारलाई उत्तर कोरियाले नियन्त्रणमा लिएको छ । सन् २०१७ देखि अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाएको छ । अमेरिकी सैनिकलाई नियन्त्रणमा लिएको केही घण्टापछि नै उत्तर कोरियाले दुई वटा शंकास्पद ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्