१५ औँ महाधिवेशन छलछाम गरियो भने परिणाम ठीक नहुने गगन थापाको चेतावनी

९ पुष- काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन सार्ने षड्यन्त्र भइरहेको भन्दै आक्रोशीत भएका छन् । सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले छलछाम गरियो भने परिणाम ठीक नहुने चेतावनी समेत दिएका छन ।

उनले नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको ढोका खुलै रहने बताए । थापाले भने, गगन थापाले मागेको महाधिवेशन हो, हामी देखाइदिन्छौँ भनिन्छ भने मेरो भन्नु केही छैन ।ु

थापाले संशोधित कार्यतालिका मान्यौँ भने पनि अधिवेशन हुने बताउँदै छलछाम गर्ने कुरा मान्य नहुने बताएका छन । ुहामी धेरै ठाउँमा चुकिसक्यौँ । अनावश्यक समय खेर फाल्यौँु, उनले भने, ुनियमित अधिवेशन नगर्ने हो भने विकल्प तयार छ ।ु

प्रतिक्रिया दिनुहोस्