नख्खु कारागारबाट ६५१ कैदीबन्दी अझैपनि फरार

१३ असोज- ललितपुर, नख्खु कारागारबाट ६५१ कैदीबन्दी अझैपनि फरार रहेका छन्।उनिहरु जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका थिए।

नख्खु कारागारमा भएको तोडफोड, आक्रमण र आगजनीका कारण एक हजार २८० जना कैदीबन्दी भागेका थिए। फरार कैदीमध्येमा हालसम्म पाँच सय ८७ जना स्वेच्छाले कारागारमा फर्किएका छन् भने केही देशका विभिन्न कारागारमा पुनःस्थापित भएका छन्।

नख्खु कारागारबाट निस्किएका रास्वपा सभापति रवि लामिछाने पनि कारागार फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्