चीनमा एक सय ५० वर्ष यताकै उच्च गर्मी

चीनमा एक सय ५० वर्ष यताकै उच्च गर्मी बढेको छ ।

उच्च गर्मीसँगै बढ्दो खडेरीका कारण विभिन्न उद्योगहरू समेत बन्द भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन । उच्च गर्मीका कारण जियाङ्सु प्रान्तमा सयौं सुँगुर तथा खरायोहरू मरेका छन् । गुआङ्सीमा पनि पानीको तापक्रम बढेपछि पालिएका माछाहरू धमाधम मर्न थालेका छन् । गर्मीका कारण चीनमा कृषि र औद्योगिक गतिविधिमा समेत जोखिम उत्पन्न गराएको छ । बिजुलीको माग गत वर्षको तुलनामा यो वर्ष उच्च तहमा पुग्दा खडेरीका कारण जलविद्युत उत्पादनमा असर परेपछि केही भागमा महिनौंदेखि औद्योगिक गतिविधि रोकिएको छ ।

याङ्त्जे नदी बेसिन वरपर,देशको प्रमुख धान उत्पादन गर्ने क्षेत्र पानीको अभावले प्रभावित भएको छ । बेइजिङमा तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनलाई खडेरीले गम्भीर धक्का लागेको छ ।।

प्रतिक्रिया दिनुहोस्