अन्तर्राष्ट्रिय अन्तर्वार्ता

बलिउड नायिक कंगना रनावतलाई एक महिला जवानले थप्पड हानीन

बलिउड नायिक कंगना रनावतलाई एक महिला जवानले थप्पड हानीन

२४ जेष्ठ–भारत, भारतको लोकसभा सदस्यमा नवनिर्वाचित बलिउड नायिक कंगना रनावतलाई एक महिला जवानले थप्पड हानेकी छन् । चण्डीगढ एयरपोर्टमा उनीमाथि सिआइएफएसकी महिला जवानले थप्पड हानेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् । उनी चण्डीगढबाट दिल्लीतर्फ उडान भर्ने क्रममा रहेका बेला थप्पड प्रहार भएको हो ।

किसान आन्दोलनको बेला कंगनाको रवैया किसान विरोधी रहेको भन्दै उनीमाथि थप्पड प्रहार भएको न्यूज नेशनको रिपोर्टमा उल्लेख छ । उनी विमानस्थलका उडान पर्खिरहेकी थिइन् र महिला जवान सरासर आएर गालामा थप्पड हानेकी थिइन् ।

यसैबीच कंगनाले स्थानीय प्रहरीमा लिखित जाहेरी दिएपछि सीआईएफएसकी महिला जवानलाई हिरासतमा लिइएको छ । कंगनाले सुरक्षा जाँचका क्रममा आफूमाथि ती महिला जवानले थप्पड हानेको उल्लेख गरेकी छन् ।

हालै सम्पन्न निर्वाचनमा उनी मण्डी जिल्लाबाट भाजपाको उम्मेदवार बनी सांसद निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…