लेखा अधिकृत घुससहित पक्राउ

३ असोज – दैलेख, दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।

गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) कार्कीले घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग थप १ लाख रुपैयाँ घुस मागेका थिए ।

उनले यसअघि नै १ लाख रुपैयाँ घुसररिसवत लिइसकेकाअवस्थामा उक्त रकमसहित जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा न. ९, मंगलगडी चोकबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्