शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । 

नयाँ बजेटपछिको पहिलो कारोबार दिन आज शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ ।

हिजो सार्वजनिक भएको बजेटले पूँजीबजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरु निराश हुँदा नेप्से उच्च अंक घट्न पुगेको हो । आज नेप्से परिसूचक ५३.१६ अंक घटेर १८८८.६१ विन्दुमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम भने २ अर्ब नाघेको छ । आज २७५ स्टकको ४० हजार ६३४ पटकको कारोबारमा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको ७० लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र सिटिजन्स म्युचुअल फण्ड १ को मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ । त्यसैगरी, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य करिब ९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । ग्लोबल आइएमई बैंकको १० करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबारमा आएका बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्