१ असोज- सर्लाही, प्रहरीले ज्यान सम्बन्धी मुद्दाका दुई जनालाई पक्राउ गरेको छ।
ललितपुरको नक्खु कारागारबाट फरार भएका एक कैदी र हत्या कसुरका अर्का फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। एक जना जेनजी आन्दोलनका क्रममा भागेका थिए । पक्राउ पर्नेमा मलंगवा नगरपालिका- ७ का ३० वर्षीय फिरोज मंसुर र सर्लाहीकै हरिपूर्वा नगरपालिका- ६ घर भएका २६ वर्षीय सन्तोष भनिने अभिकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मसुर भदौ २५ गते नक्खु कारागारबाट कैदीहरू भाग्दा फरार भएर सर्लाही पुगेका थिए। उनलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। त्यसैगरि यादवले गएको साउन ३० गते हरिपूर्वा-६ निवासी ५० वर्षीय रामपुकार यादवलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि उनी फरार भएका थिए। हत्यापछि भारततर्फ भागेका उनी नेपाल आउँदै गर्दा सर्लाहीकै पर्सा गाउँपालिका-३ नारायणपुरबाट पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस्