धादिङमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो, १६ जना घाइते

असोज २८-धादिङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज  धादिङबेसीबाट ताजिम्राङका लागि छुटेको जीप सातदोबाटोमा दुर्घटना हुँदा गंगाजमुना गाउँपालिका–२ का १६ वर्षका अनुरुप तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा १६ जना घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय गुम्दी स्वास्थ्य चौकीमा सातदोबाटोमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।मे १ ज  ख २६६९ नम्बरको जीप आज दिउँसो ग्रामीण कच्ची सडकमा पल्टिएर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्