मेरो चरित्र हत्या भयो, बालकृष्ण खाँण

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विषय र सन्दर्भ उल्लेख नगरी आफूविरुद्ध प्रकाशित समाचारको खण्डन गरेका छन । उनले प्रकाशित सञ्चारमाध्यम, विषय र सन्दर्भ उल्लेख नगरी ‘आफ्नो बारेमा’ प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउएका छन ।

आज जारी गरेको वक्तव्यमा उनले आधारहीन, तथ्यहीन र असंलग्न घटनामा संलग्न भएको समाचार सम्प्रेषण गरिएको दाबी गरेका छन । त्यस्तो समाचार प्रकाशित नगरीदिन उनले आग्रह गरेका छन ।

पूर्वगृहमन्त्री खाँणले त्यस्तो समाचारले व्यक्तिगत चरित्रहत्या भएको उल्लेख गरेका हुन् । नक्कली शरणार्थी काण्डमा पक्राउ परेका आठ जनाले दिएको प्रारम्भिक बयानमा पूर्वगृहमन्त्रीहरु खाँण र रामबहादुर थापा बादल, पूर्व जलस्रोतमन्त्री टोपबहादुर रायमाझी, उनीहरुका छोरा, बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डेको नाम लिएको बताइन्छ ।

टोपबहादुरका छोरा सन्दीप, राई र पाण्डे प्रक्राउ परिसकेका छन् । बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्