प्रधानमन्त्री ओली जल विद्युत् आयोजनाको उद्घाटनका लागि कैलाली जाने

१३ साउन- कैलाली, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज कैलाली जाँदै छन्।

 

प्रधानमन्त्री ओली जल विद्युत् आयोजनाको उद्घाटनका लागि कैलाली जान लागेका छन। कैलाली जिल्लाको जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाईड्रोपावरको उद्घाटन गर्न ओली कैलाली जान लागेका हुन ।

 

कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्घाटन गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्