४ साउन- ललितपुर, बुद्धचित्त चोरी गर्न पुगेको समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेको घटना बाहिर आएको छ ।
ललितपुर प्रहरीले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेका छन ।
गोदावरी नगरपालिका–७ मा कृष्णबहादुर मार्फाले लगाएको बुद्धचित्त चोर्न उनिहरु गएको प्रहरीले बताएको छ । राति २ बजेतिर कुकुर भुकेपछि धनी कृष्णबहादुर घर बाहिर निस्केका थिए । त्यसपछि यो समूहले मार्फामाथि खुकुरी प्रहार गरेको थियो ।
बुद्धचित्त धनीको खुकुरी प्रहारबाट दाँया हातमा चोट लागेको र पाँचवटा टाँका लगाइएको छ ।
बुद्धचित्तको सुरक्षाका लागि मार्फाले सीसीक्यामेरा समेत जडान गरेका थिए । सीसीक्यामेराको तार समेत काटेर उनीहरुले बुद्धचित्तको दाना टिपेको प्रहरीले बताएको छ ।
उनीहरुबाट ९९ वटा बुद्धचित्तको दाना बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस्