मलाई गोली हान्न सक्छन् तर हत्कडी लगाउन सक्दैनन् : केपी शर्मा ओली

भदौ ८-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने ठाउँ नराखेको बताउनुभएको छ । एमालेसम्वद्ध भूपू सैनिक तथा प्रहरी संगठन, भक्तपुरको कार्यक्रममा बिहीबार अध्यक्ष ओलीले केही मानिसहरु आफ्नाविरुद्ध लागेको बताउनुभएको हो । ‘म प्रधानमन्त्री हुँदा, म परारष्ट्रमन्त्री हुँदा, म गृहमन्त्री हुँदा मेरा काम कारबहीहरुमा एक शब्द नचिप्लिओस् भनेर मैले कानुन पल्टाइपल्टाई फैसला गर्ने गरेको छुु, निर्णय गर्ने गरेको छु ।’ उहाले भन्नुभयो । यत्रो भ्रष्टाचार र तस्करीको काण्डहरु भएका बेला पनि एमालेले गर्‍यो भनेर भ्रम छरिएको उहाले बताउनुभयो । अब पनि केपी ओलीलाई हत्कडी लाग्यो, जेल गयो भनेर प्रचार गर्न सक्ने उहाले बताउनुभयो ।

हिजो मन्त्री वा प्रधानमन्त्री हुँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने कुनै पनि ठाउँ नराखी काम गरेको ओलीको दाबी छ । आफ्ना विरोधीहरु छन्, उनीहरु कुनै पनि बेला जाइलाग्न सक्छन् भन्ने बुझेर आफू निकै सतर्क भएको र शब्दशब्द हेरेर मात्र निर्णय गरेको उहाको भनाई छ । आफूलाई कसैले गोली हान्न सक्ने तर कानुनी रुपमा हत्कडी लगाउन नसक्ने भन्दै ओलीले भन्नुभयो ‘म प्रधानमन्त्री हुँदा, म परारष्ट्रमन्त्री हुँदा, म गृहमन्त्री हुँदा मेरा काम कारबहीहरुमा एक शब्द नचिप्लिओस् भनेर मैले कानुन पल्टाइपल्टाई फैसला गर्ने गरेको छुु, निर्णय गर्ने गरेको छु ।’ माकुराको जालोमा भैंसी फस्दैन भन्ने बुझ्नुपर्ने उहाले बताउनुभयो । सुनकाण्डलाई लुकाउन गिरिबन्धु टी इस्टेट केपी ओलीले खायो भनेर झुटा प्रचार गरिएको उहाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्