३१ असार -काठमाडौं, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।
उनिले ७८ लाख घुस काण्डमा मुछिएपछि मंगलबार पदबाट राजीनामा दिएका छन।
सामाजिक सञ्जाल फेसबुकमा यसबारे उल्लेख गर्दै उनले राजिनामा दिएको जनाएका छन।
मन्त्री गुप्ताले भनेका छन्ः ‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई जानकारीनै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ, अब लागेको आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु,’
मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सोधपुछ गरेका थिए।
प्रतिक्रिया दिनुहोस्