अवैध लागूऔषधसहित ६ जना पक्राउ

भदौ २३-काठमाडौं, नागार्जुन नगरपालिका-१ रानीवन बस्ने ताप्लेजुङ खक्कलुङ गाउँपालिका-९ घर भएका २५ वर्षीय अर्जुन लिम्बु समेत ३ जनालाई अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लिम्बुको कोठाभित्र अवैध लागूऔषध लुकाई राखेको भन्ने सूचानको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

रूपन्देही, देवदह नगरपालिका-१० चरङ्गे रम्भाटोल बस्ने ३० वर्षीय सुशिल पुनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-८ शुक्रबारे बस्ने  १९ वर्षीय पर्वत लिम्बु र बेलबारी नगरपालिका-८ बस्ने २६ वर्षीय सन्दिप कार्की रहेका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले प्र.१-०२-०४१ प ४८२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्