१५ असार- काठमाडौं, असार १५ गते नेपाली सांस्कृतिक परम्पराअनुसार दही चिउरा खाने । राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ।
असार महिनाभरि खेतमा रोपाईं गरेर थकित भएका किसानहरूको शरीरलाई शीतलता प्रदान गर्न र शक्ति सञ्चय होस् भन्ने विश्वासका साथ आज दही चिउरा खाने चलन रहेको छ।
नेपाल एक कृषि प्रधान देश भएकाले कृषकहरूको सम्मानमा र धान खेतीको महत्त्वलाई उजागर गर्न आजको दिनलाई सन् २००६ ९वि।सं। २०६२ साल० देखि राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो।
प्रतिक्रिया दिनुहोस्