संखुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी शुक्रबार एक युवतीको हत्या भएको छ। सभापोखरी गाउँपालिका–१ घर भइ खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको प्रहरीले जनाएको छ।
युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबारमात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएका खुलेको छ।
गदाल बिहीबार राति मृतक दर्नालको डेरामा बसेका बताइएको छ। बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको कारण भने खुल्न नसकेको र अनुसन्धान जारी रहेको डीएसपी गोदारले जानकारी दिए।
स्रोतः नेपाल लाइभ
प्रतिक्रिया दिनुहोस्