पैदल यात्रुको ज्यान लिएको विद्युत प्राधिकरणको गाडी प्रहरीले नियन्त्रणमा, चालक पनि पक्राउ

११ असार- धनुषा, पैदल यात्रुलाई ठक्कर दिएर फरार भएको नेपाल विद्युत प्राधिकरणको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ढल्केवर–जनकपुर सडक खण्डमा पैदल यात्रुको मृत्यु हुने गरी ठक्कर दिएर भोगेका बागमति प्रदेश. ०१–००१ ञ २६५४ नम्बरको नेपाल विद्युत प्राधिकरणको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत शुक्रबार राति ८ बजेतिर ढल्केवर–जनकपुर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–६ मा ती गाडीले पैढद यात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबााट गम्भिर घाइते भएका पैदलयात्रु सिरहाको धनगढीमाई नगरपालिका–६ का ५२ वर्षीय विन्देश्वर मोचीलाई उपचारका लागि अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

 

खोजतलास गर्ने क्रममा पूर्व(पश्चिम लोकमार्गमा पर्ने धनुषा,महोत्तरी र सर्लाही जिल्लामा रहेको सीसीटीभी फुटेज संकलन गरिएको थियो । त्यसै सीसीटीभी फुटेजको अनुसन्धान हुँदा घटनामा संलग्न रहेको बागमति प्रदेश –०१–००१ ञ २६५४ नम्बरको उक्त गाडी नेपाल विद्युत प्राधिकरण रत्नपार्कको नाउँमा रहेको खुलेको थियो ।

उक्त गाडीलाई प्रहरीले धनुषाको हंसपुर नगरपालिका–९ स्थित ढल्केवर–बालगंगा १३२ के।भी।प्रसारण लाइन आयोजनाको निर्माणाधीन अवस्थामा रहेको भवन तथा कम्पाउण्ड परिसरभित्र त्रिपालले छोपेर लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरेको थियो ।

गाडीको अगाडिको भाग टुटफुट,बर्नटको भाग कुच्चिएको अवस्थामा भेटिएको हो । गाडी र त्यसका चालकलाई नियन्त्रमा लिएर सवारी ज्यान मुद्दामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्