२३ जेठ- नवलपरासी, नवलपरासीको सुनवलमा एक युवकलाई दुई जनाको हत्या आरोपमा पक्राउ गरेका छ । सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले आफ्नो बुवा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका थिए ।
घटना लगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी ७० वर्षीय नाधु धरिकारलाई पनि कोदालो प्रहार गरी हत्या गरेको थिए । हत्यामा संलग्न युवकलाई कोदालोसहित पक्राउ गरिएको छ।
यस घटना बारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्