न्युजिल्यान्डको गोलाबारीमा दुई जनाको मृत्यु

 

न्युजिल्यान्डको अकल्यान्डमा भएको गोलाबारीमा दुई जनाको मृत्यु भएको छ ।

 

प्रहरी सहित छ जना घाइते भएका छन । एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाएको हो । घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप फुटबल सुरु हुनुभन्दा पहिले गोलाबारी भएको हो । घटनापछि न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिंसले राष्ट्रिय सुरक्षाको खतरा नरहेकाले विश्वकप फुटबल प्रतियोगिता समय तालिका अनुसार नै हुने बताएकी छिन ।
अकल्यान्डका मेयर वेन ब्राउनका अनुसार फिफाका सबै कर्मचारी र फुटबल टोली सुरक्षित रहेको बताएका छन । खेलकुद मन्त्री ग्रान्ट रोबर्टसनले आश्वस्तता प्रदान गर्न क्षेत्रमा थप प्रहरी परिचालन गरिने जानकारी दिएका छन ।।

प्रतिक्रिया दिनुहोस्