चितवन निकुञ्जमा मृत गैंडा फेला

असोज २४-पूर्वीनवलपरासी,  चितवन निकुञ्जको खोरिया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षको पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार तीन दिनअघि गैंडा मृत अवस्थामा भेटिएको हो ।

पछिल्लो गैंडा गणनाअनुसार (सन् २०२१ को गैंडा गणना) चितवन निकुञ्जमा ६ सय ९४ गैंडा रहेका छन् । देशभरि ७ सय ५२ गैंडा छन् । यो आर्थिक वर्षमा यो समेत ५ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा गैंडाको खाग नभेटिएकाले सिकारीले मारेको अनुमान छ । अन्य ४ गैंडा प्राकृतिक र कालगतिले मरेको तिवारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्