शिवरात्रीपछि पशुपतिमा युवकको शव फेला, बाबा फरार भए

८ फागुन- काठमाडौं, पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रीका दिन एक युवक मृत फेला परेका छन् ।

मृतक संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी रहेको खुलेको छ। उनी पशुपति आसपास नै मागेर जीविका चलाउँदै आएको प्रहरीले जानकारी दिएको छ ।

शरीरमा चोटपटक देखिएकाले हत्या आशंकामा शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । अनुसन्धानमा घटनामा एक ‘बाबा’ जोडिएका छन् । उनी अहिले फरार रहेका छन् ।

प्रारम्भिक सूचना अनुसार मोबाइल हराएको विवादपछि बाबाले मृतकलाई नियन्त्रणमा लिएर कुटपिट गरेको आशंका गरिएको छ। बाबाले उनको मोबाइल युवकले चोरेको आरोप लगाउँदै आएका थिए । बाबाले नै उनलाई प्रहरीलेको जिम्मा समेत लगाएका थिए । तर प्रहरी अनुसन्धानमा युवकले बाबाको मोबाइल चोरेको नपाइएपछि छाडेको थियो ।

मोबाइल नभेटिएपछि प्रहरीले छाडेका तीनै व्यक्तिलाई बाबाले आफ्नो नियन्त्रणमा लिएर रातभर यातना दिएर हत्या गरेको हुनसक्ने बताइएको छ । बाबाको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्