ब्राउनसुगर सहित एक जना पक्राउ

१३ माघ-बाँके, बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्