‘देश चुनावमा होमिएको छ, एमालेपनि चुनावमा जान तयार छ’ जगदीश खरेल

८ पुष -काठमाडौं, मंगलबार एमाले पार्टी कार्यालय निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश चुनावमा होमिएको दाबी गरेका छन् ।

नेकपा एमालेपनि चुनावमा जान तयार भएको र सरकारपनि चुनावी वातावरण निर्माणमा अघि बढेको भन्दै यसले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दिएको बताएका हुन् ।

त्यस्तै उनले कुनैपनि नेता वा कार्यकर्ता चुनावको प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआउने वातावरण सरकारले सुनिश्चित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्