शेयर बजारमा आज गिरावट

हप्ताको पहिलो दिन आज आइतबार शेयर बजार केहि बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ८८ अङ्कले बढेर एक हजार आठ सय ८३ दशमलव २० को विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर उकालो लागेको छ ।

होटल र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ७३ वटा कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६० करोड चार लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।आज सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थान र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज आदर्श लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्