उच्च अदालत पाटन अगाडी युवतीले विष खाइन

४ पुष- काडमाडौं,  उच्च अदालत पाटन बाहिर युवतीले विष सेवन गरेकी छन्। उच्च अदालतले आरोपीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश सदर गरेपछि जाहेरीवाला युवतीले विष खाएकी हुन।

युवतीले बिहीबार अदालतबाट निस्किएपछि विष सेवन गरेकी हुन्। अहिले पाटन अस्पतालको आइसियूमा उनको उपचार भइरहेको छ।ती युवती आफूमाथि बलात्कार भएको व्यक्तिलाई धरौटीमा छाडेको भन्दै निवेदन लिएर २०८२ साउन ११ गते उच्च अदालत पाटन पुगेकी थिइन्।

न्यायाधीश ढालकुमार खड्का र अच्युत कुइँकेलको इजलासले युवतीको निवेदनमा जिल्लाकै आदेश सदर गरिदिएको सूचना अधिकरी हितानले जानकारी दिइन्। जिल्ला अदालतले आरोपीलाई ५ लाख रूपैयाँ धरौटीमा छाडेको थियो।

उच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरिदिएपछी परिसर बाहिर निस्किएर सरकारी वकिलको कार्यालय नजिकै विष सेवन गरेकी रहिछन्,ु उनले भनिन्, ुआसपासका मानिसले देखेपछि सुरक्षा निकायका कर्मचारीले पाटन अस्पतालमा लगिदिएका हुन्।

 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार युवतीको पाटन अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्