अन्तर्वार्ता

अस्ट्रेलियामा बस पल्टिँदा १० जनाको मृत्यु

अस्ट्रेलियामा बस पल्टिँदा १० जनाको मृत्यु

अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार अबेर राति बायाँपट्टि खसेको र चोकको प्रवेशद्वारमा ठोक्एिपछि फुटपाथमा पल्टिएको थियो । दुर्घटनापछि एक दर्जनभन्दा बढी आपतकालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरूले २० जनाभन्दा बढी मानिसहरूे अस्पताल पुर्याईएका थिए । एक बिरामीको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले ५८ वर्षीय बस चालकलाई पक्राउ गर्नुअघि अष्ट्रेलियाली कानुन अनुसार अस्पतालमा लगि ‘परीक्षण’ गरिएको र उहाँलाई नजिकैको सेस्नोक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताउनुभएको छ ।

 

च्यापम्यानका अनुसार दुर्घटनामा परेका केही यात्रुहरू शिशा फोडेर दुर्घटनाग्रस्त बसबाट बाहिर निस्किएका थिए । विवाहमा सहभागी भएका यात्रुहरु आ–आफ्नो आवासतर्फ जाँदै गरेको अनुमान गरिएको च्यापम्यानले बताउनुभयो । अन्य कुनै पनि सवारी साधनसँग बस ठोकिएको नभई बसले सन्तुलन गुमाएका कारण दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…