टिकापुरबाट खैरो हेरोईनसहित २ युवा पक्राउ

भदौ १३-टिकापुर,कैलाली प्रहरीले लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका–६ नारायणपुरबाट १६० मिलिग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सोही ठाँउका २२ वर्षीय सुरज चौधरी र १८ वर्षीय गोपी बिश्वकर्मा रहेका छन्। उनीहरु दुवै जनालाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। दुवै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्