२ पुष -जनकपुर, मधेश प्रदेश सभाको सभामुख पद चयन गर्नका लागि प्रक्रिया सुरु गरिएको छ ।

बुधबार बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउत इशरले रिक्त रहेको सभामुख पदका लागि चयन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी छन् । गत मंसिर ३ गत्ते तत्कालिन सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोग बहुमतले पारित भएदेखि सभामुखको पद रिक्त रहेको थियो । उपसभामुख राउतले आगामी पुस ६ गत्ते आईतबार सभामुख पदका लागि निर्वाचन हुने जानकारी दिएकी छन् ।
उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्