अन्तर्राष्ट्रिय अन्तर्वार्ता

बङ्गलादेशमा सेनाले सरकार बनाउने, प्रधानमन्त्री शेख हसिनाले राजीना दिइन

बङ्गलादेशमा सेनाले सरकार बनाउने, प्रधानमन्त्री शेख हसिनाले राजीना दिइन
People celebrate the resignation of Bangladeshi Prime Minister Sheikh Hasina in Dhaka, Bangladesh, August 5, 2024. REUTERS/Mohammad Ponir Hossain

२१ श्रावन- ढाका, बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको कुरा बङ्गलादेशका सेनाप्रमुख वाकर–उज–जमानले सोमबार जानकारी दिएका छन् ।

प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएकी हुन् । उनी आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएकी छन् ।

सेना प्रमुखले भनेका छन “प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ, देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो, मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ ।”

कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उनले केही बताएका छैनन् ।

बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेना प्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका हुन‍् ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ । आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…