सरकारले एक महिना म्याद थप्यो जेन–जी आन्दोलन जाँचबुझ आयोगको

२ पुष -काठमाडौँ, जेन–जी आन्दोलन जाँचबुझ आयोगको सरकारले एक महिना म्याद थप गर्ने भएको छ।


प्रधानमन्त्री सुशीला कार्कीले आयोगका पदाधिकारीसँगको भेटमा म्याद थप गर्ने आश्वासन दिएकी छन्। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर निर्धारित समयमा काम नसकिएको भन्दै म्याद थपका लागि आग्रह गरेका थिए। अध्यक्ष कार्कीका अनुसार प्रधानमन्त्रीले म्याद थपको प्रस्ताव पठाउन निर्देशन दिँदै समय थपिदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

 

आयोगको म्याद यही पुस ९ गते सकिँदैछ। प्रधानमन्त्रीसँगको छलफलपछि अब आयोगले औपचारिक प्रस्ताव पठाउने र सरकारले म्याद थपको निर्णय गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्