कञ्चनपुरसहित जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भदौ २३-कञ्चनपुर, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कमालले ती महिलालाई विवाह गर्ने आश्वसन देखाई अर्जुनधारा नगरपालिका-११ स्थित सालबाडी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्