आफ्नै श्रीमती हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

२८ मंसिर- संखुवासभा, आफ्नै श्रीमती ३७ वर्षीया मिना शेर्पाको हत्यामा संलग्न रहेको अभियोगमा मादी नगरपालिका-३ बस्ने ४९ वर्षीय प्रेम दोर्चा शेर्पालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चैनपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मंसिर ९ गते राति मादी नगरपालिका-४ ओखरेबजारबाट घर फर्किने क्रममा उनीहरूबीच वादविवाद हुँदा प्रेमले मिनाको हत्या गरी सोही नगरपालिका-३ स्थित आफ्नै अलैँची बारीमा गाडेको खुल्न आएको छ ।

उनी उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्