भारतमा सवारी दुर्घटनामा एक महिलासहित तीन बालबालिकाको मृत्यु

 

भारतको रुग्रामस्थित राष्ट्रिय राजमार्ग ४८ सेक्टर ३१ को फ्लाईओभर नजिकै भएको सवारी दुर्घटनामा एक महिलासहित तीन बालबालिकाको मृत्यु भएको छ ।

 

घटनामा घाइते भएका अन्यलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । राजमार्गमा एउटा गाडी पङ्कर भयो। चालकले गाडी सडकमा पार्क गरेर टायर फेर्न थाले । यसैबीच पछाडिबाट आएको टाटा ४०७ नम्बरको क्यान्टरले कारलाई ठक्कर दिएको थियो । दुर्घटना यति भयानक थियो कि कार पुरै ध्वस्त भएको छ । यसबाहेक अन्य घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । जहाँ उनको अवस्था चिन्ताजनक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्