२८ मंसिर- काठमाडौं, १९ औँ संघीय संसद सेवा दिवस, २०८२ को मूल समारोहमा बोल्दै विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण र प्रभावकारी भूमिका रहने बताएका छन।

उनले संघीय संसद सचिवालयलाई स्थायी खम्बा भन्दै यसको भूमिकामा जोड दिएका छन । साथै सभामुख घिमिरे संसदीय कर्मचारीको कलममा राजनीतिक आग्रह देखिन नहुने भन्दै संविधान र नियमावलीको अक्षर देखिनुपर्ने बताए । यस्तै उक्त समारोहमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशमा व्यापक भ्रष्टाचारको विषय उठाउँदै सबै पक्षले गम्भीर भएर काम गर्नुपर्ने बताए ।
साथै उनले यसमा संघीय संसदमा आवद्ध सबै पक्ष एकतावद्ध भएर झनै गम्भिर बन्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्