नाइट्राभेट, डाइजेपाम सहित ठुलो मात्रा लागूऔषध सहित पक्राउ

भक्तपुर,सूर्यविनायक नगरपालिका-२ बालकोटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ४९ ट्याब्लेट, डाइजेपाम ३ सय ९५ पीस, नुरफिन ६३ पीस र मोबाइल २ थानसहित सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा राखेको उक्त लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

 

सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलीखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दैलेख नारायण नगरपालिका-१ नयाँबजार बस्ने २१ वर्षीय सागर केसी र सोही ठाउँ बस्ने २२ वर्षीय सन्दिप गुरूङ रहेका छन् । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.८ प ६७६१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो ।

 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्