७ असोज-काठमाडौं, २४ भदौमा जेन-जी आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेका २६ वर्षीय युवराज क्यापछाकीलाई पक्राउ गरेको छ। उनलाई मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
२४ भदौमा जेन-जी आन्दोलनका क्रममा वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापाको मृत्यु भएको थियो। आन्दोलनकारीले उनीहरूलाई कुटपिट गरी हत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्