इजरायलले प्यालेस्टिनी इस्लामिक जिहाद सेना प्रमुखलाई मारेको छ।

इजरायलले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) रकेट प्रहारमा प्यालेस्टिनी सेना प्रमुखलाई गाजाको एउटा अपार्टमेन्टमा बिहानको हवाइ हमलामा मारेको छ।

उक्त क्षेत्रको दक्षिणमा रहेको खान युनिस नजिकैको भवनको पाँचौं तल्लामा भएको आक्रमणमा कमाण्डर र अन्य दुई (पीआईजे) लडाकुको मृत्यु भएको छ ।
बुधबार गाजाका विद्रोहीहरूले इजरायलमा ५०० भन्दा बढी रकेट प्रहार गरेका छन् । इजरायली सेनाले गाजामा 130 भन्दा बढी स्थानमा प्रहार गरेको छ, यो नौ महिनाको समयमा सबैभन्दा ठूलो लडाईमा हो ।

इजरायलले (पीआईजे) विरुद्धको कारबाही सुरु गरेपछि मङ्गलबार बिहानदेखि गाजामा आक्रमण २५ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेहरूमा कम्तिमा १० नागरिक र तीन अन्य(पीआईजे) कमाण्डरहरू छन्।

इजरायली सेनाले गाजामा रकेट खसेर तीन बालबालिका सहित चार जनाको ज्यान गएको बताएको छ, यद्यपि प्यालेस्टिनी स्रोतहरूले यसलाई पुष्टि गरेका छैनन्।

इजरायलमा कुनै सर्वसाधारणहरु हताहत भएको खबर छैन, यद्यपि केही रकेटहरू घर र भवनहरूमा प्रहार गरिका छन्। गाजाका धेरैजसो खुला क्षेत्रमा रकेट प्रहार भएका छन्
(पीआईजे) इकाईका प्रमुख अली हसन घली, जसलाई अबु मुहम्मद पनि भनिन्छ मिसाइल आक्रमणमा उनि मारिएको (पीआईजे)को सशस्त्र शाखाले पुष्टि गरेको हो

गाजामा हमास पछि दोस्रो ठूलो लडाकु(पीआईजे) समूह हो र हालका वर्षहरूमा इजरायलमा धेरै रकेट आक्रमणहरूको लागि जिम्मेवार छ।
इजरायलको सेनाले घालीलाई निशाना बनाएको पुष्टि गरेको छ जसलाई गाजामा अन्य इस्लामिक जिहाद अपरेटिभहरूू पनि भनिन्छ।

बुधबार राति, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको यो लडाई समाप्त नभएको चेतावनी दिए। उनले भनेका छन ः हामीले इस्लामिक जिहादलाई अहिलेसम्मको सबैभन्दा ठुलो प्रहार गरेका छौं, उनले मंगलबार तीन (पीआईजे)कमाण्डरको हत्यालाई उल्लेख गर्दै भने।

इजिप्टले दुई पक्षबीच युद्धविराम गराउने प्रयास गरिरहेको बताइएको छ। गत अगस्टमा इजरायल र (पीआईजे)बीचको तीन दिनको युद्धपछि यो हवाई हमला सबैभन्दा घातक थियो, जसमा गाजामा ४९ प्यालेस्टाइनी मारिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्