१ किलो ५६० ग्राम चरेशसहित एक जना पक्राउ

२ असोज -बाजुरा, १ किलो ५६० ग्राम चरेशसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिरेन्द्र थापा रहेका छन ।

 


जिल्लाको बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीय बिरेन्द्र थापालाई चेकजाँच गर्दा उनको साथबाट १ किलो ५६० ग्राम लागूऔषध चरेश फेला पारि उक्त पदार्थसहित निजलाई थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई बडीमालिका नगरपालिका–९ बाउली स्थित कोल्टी मार्तडी सडक खण्डमा कोल्टीबाट मार्तडीतर्फ संकास्पद हिडिरहेको अवस्थामा फेला पारी बुधवार पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्